एनआईसी एशियाको नयाँ शाखा सिरहाको गोलबजारमा |
काठमाडौं । एनआईसी एशिया बैंकले सिरहाको गोलबजारमा आफ्नो नयाँ शाखा कार्यालयको स्थापना गरेको छ । उक्त शाखाको गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ शाहले आज बिहीवार उद्घाटन गरेका हुन् ।
उक्त शाखाको उद्घाटन गर्दै नगरप्रमुख शाहले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउँदै गएको एनआईसी एशिया बैंकको प्रशंसा गरे ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा मुलुकभर २८१ शाखा कार्यालयहरू, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक बन्न सफल भएको छ ।

