हुण्डाई ओपन गल्फ टुर्नामेन्ट शुक्रबार र शनिबार हुने, बिजेताले ‘होल इन वान’ नयाँ स्यान्ट्रो गाडी पाउन |

काठमाडौं । लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई ओपन गल्फ टुर्नामेन्ट गर्ने भएको छ । हुण्डाई गाडीको नेपालको अधिकृत विक्रेता लक्ष्मीले यही शुक्रबार र शनिबार गोकर्ण गल्फ क्लबमा खेल हुने बताएको छ ।
कम्पनीका अनुसार १८ होल वा स्टेबल फोल्ड फम्र्याटमा र ३∕ ४ ह्यान्डीक्यापमा खेलिनेछ । यो टुर्नामेन्टमा १ सय ३० गल्फर्सले प्रतिस्पर्धा गर्ने कम्पनीका बजार तथा संचार प्रमुख अवाशिष ओझाले बताए ।
उनका अनुसार टाइटल विनर (नेट), फष्ट रनरअप, सेकेण्ड रनरअप, वेष्ट ग्रस, लेडिज विनर, सिनियर विनर (६० वर्ष उमेर माथिका), जुनियर विनर (१७ वर्ष उमेर मुनीका), हुण्डाई ओनर्स क्याटगोरी विनर, लङेस्ट ड्राइभ, क्लोजेस्ट टुन द पिन र मस्ट बर्डिज क्याटगोरी विजेता घोषित गरिनेछ । कम्पनीले होल इन वान विजेतालाई हुन्डाईको नयाँ स्यान्ट्रो गाडी उपहार दिने जनाएको छ ।