ग्लोबल आइएमई बैंकको भारतका दुई अस्पतालसँग स्वास्थ्य सम्झौता, बैंकका ग्राहकले उपचारमा छुट पाउने |
काठमाडौं । ग्लोबल आइएमई बैंकले भारतका दुई अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरेको छ । बैंकले दिल्लीस्थित डा बीएल कपुर मेमोरियल हस्पिटल तथा मुम्बईस्थित रेडियन्ट लाइफ केयर अस्पतालसँग स्वास्थ्य सेवा सम्झौता गरेको हो ।
बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा उपचार सेवा लिँदा बिभिन्न छुटहरु प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक महाप्रबन्धक आरती राणा तथा रेडियन्ट लाइफ केयरका ब्यवसाय संचालन प्रमुख सुनिल कपुरले हस्ताक्षर गरे ।
यस अन्तर्गत बैंकका कर्मचारी तथा ग्राहकले उक्त अस्पतालहरुमा ५० प्रतिशतसम्म बिशेष छुट पाउने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।




