बोइङ–७३७ म्याक्स संसारभर नउड्ने, निर्माता कम्पनीले नै लगायो रोक |

काठमाडौं । हालै इथियोपियाको राजधानी अदिस अबाबाबाट केन्याको राजधानी नैरोबीका लागि उडेको बोइङ ७३७ म्याक्स विमान दुर्घटनापछि उक्त मोडेलको विमानमाथि विभिन्न देशहरूले उडानमा रोकलगाएसँगै अमेरिकी विमान निर्माता कम्पनी बोइङले पनि आफ्ना ७३७ म्याक्स मोडलका सबै जहाजको उडानमा रोक लगाएको छ ।
उक्त दुर्घटनामा १५७ जनाको मृत्यु भएको थियो । यो घटनालगतै बोइङ ७३७ म्याक्समाथि विभिन्न देशले रोक लगाएका थिए । उक्त कम्पनीले अर्को निर्णय नभएसम्मका लागि ३ सय ७१ वटा बोइङ ७३७ म्याक्स विमानको उडानमा रोक लगाएको बताएको छ ।
अमेरिकी अधिकारीहरू विमान सुरक्षित छ भन्नेमा विश्वस्त रहे पनि भेटिएको नयाँ प्रमाण र भू–उपग्रहबाट दिइएका पछिल्ला विवरणहरूका आधारमा यस्तो निर्णय लिइएको अमेरिकी संघीय उड्ययन प्रशासनले बताएको छ ।