मुक्तिनाथ विकास बैंक र लुम्बिनी इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । मुक्तिनाथ विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सम्झौता भएको छ ।
सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत नोरप्रकाश प्रधानले हस्ताक्षर गरेका छन्।् ।
सम्झौतापछि कम्पनीले जारी गर्ने विभिन्न निर्जीवन बीमा योजनाहरु मुक्तिनाथ विकास बैंकका शाखा कार्यालयहरुबाट उपलब्ध हुनेछ ।

