कामना सेवाको तीन नयाँ बचत योजना, १ लाखको उपचार र ७ लाखको दुर्घटना बीमा |
काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकको हित हुने हालै तीन नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘स्वर्णिम सुरक्षित, बैेंकासुरेन्स र रिकरिङ’ जस्ता योजनाहरू सार्वजनिक गरेको बताएको हो ।
बैंकका अनुसार उक्त योजनाअन्तर्गत ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राख्दै १ लाखसम्मको औषधि उपचार बीमा र ७ लाख सम्मको दुर्घटना बीमासहित स्वर्णिम सुरक्षित बचत खाता, एक तोला चाँदीको सिक्का उपहारसहित बैेंकासुरेन्स बचत खाता र मासिक बचत गर्न सकिने गरी मुद्दति प्रकृतिको धेरै ब्याजसहित रिकरिङ खाता सञ्चालनमा ल्याएको छ ।
बैंकले सबैका लागि अझ बढी सहज, सवल, गतिशील र उत्तरदायी बैंक बन्ने उद्देश्यका साथ नयाँ योजना सञ्चालनमा ल्याइएको बताएको छ ।



