महालक्ष्मी विकास बैंकले विद्यालयमा जडान गर्यो स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन |
काठमाडौं । महालक्ष्मी विकास बैंकले स्यानिटरी न्यापकिन भेन्डिङ मेसिन जडान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त मेसिन जडान गरेको हो ।
बैंकको महिलवार, लुम्बिनी शाखाले नारी दिवसको अवसर पारी महिलवार, लुम्बिनीस्थित करुणा कन्या उच्च माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ६ देखि कक्षा १२ का किशोरीहरुका लागि मेसिन जडान गरिदिएको हो ।
मेशिनको प्रयोगबाट त्यस विद्यालयका किशोरीहरुले आफूलाई चाहेको बखत सेनिटरी प्याडको प्रयोग गर्न सक्नेछन्। यस प्रकारको सुविधाले महिनावारीको समयमा किशोरीहरुले सहजै सरसफाइ कायम गरी यौनजन्य संक्रमणबाट बच्न सक्नेछन् ।

