एनआईसी एशियाको नयाँ शाखा सप्तरीको फत्तेपुरमा, नगरप्रमुखले गरे उद्घाटन |
काठमाडौं । हिजो आइतवार मात्र सप्तरीको राजविराजमा नयाँ शाखा कार्यालय उद्घाटन गरेको एनआईसी एशिया बैंकले आज फेरि सोही जिल्लामा अर्को नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । बैंकले सो जिल्लाको सप्तकोशी नगरपालिका– १, फत्तेपुरमा आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । उक्त शाखाको सप्तकोशी नगरपालिकाका प्रमुख उत्तमकुमार शर्माले आज सोमवार उद्घाटन गरेका हुन् ।
सो अवसरमा नगर प्रमुख शर्माले एनआईसी एशिया बैंकले आफ्नो नगरक्षेत्रमा शाखा कार्यालय स्थापना गरेर नगरवासी उद्योगी व्यापारी, कर्मचारी र स्थानीय जनता सबैलाई बैंकिङ कारोबारका लागि सहज भएको भन्दै बैंकको प्रशंसा गरे ।
हाल यस बैंकले २७८ शाखा कार्यालय, २८९ एटीएम, ३८ वटा एक्सटेन्सन काउण्टर एवम् २३ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्नो उच्चस्तरीय वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । हाल यस बैंकको वासलातको आकार रू. २१५ अर्ब, कुल निक्षेप करिब रू. १६८ अर्ब तथा कर्जा रू. १४९ अर्ब रहेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजारभन्दा बढी रहेको बैंकले जानकारी दिएको छ ।

