जनता बैंकको एटीएम धनगढीमा सञ्चालन, एटीएम संख्या ९४ पुग्यो |
काठमाडौं । जनता बैंक नेपाल लिमिटेडको आज सोमबार धनगढी उपमहानगरपालिका वडा नं. ५, असनपुर डिमोटी चोक स्थित निसर्ग अस्पताल परिसरबाट एटीएम सेवा शुरु भएको छ ।
यो बैंकको ९४औं एटीएमको रुपमा एक समारोहका बिच धनगढी उप–महानगरपालिकाको उपमेयर सुशिला मिश्र भट्ट र बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँबर क्षेत्रीले संयुक्त रुपमा सेवाको उद्घाटन गरेका हुन् ।
यो सगै बंैकको पूर्व मेची देखी पश्चिम महाकाली सम्म ७ ओटै प्रदेशको तराई, पहाडी र हिमाली जिल्ला समेत समेटीने गरी १२८ शाखा, ५० शाखा रहित बैकिङ्ग केन्द्र, ९४ एटीएम, १ सिमित्त बैंकिङ इकाई र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।

