माछापुच्छ्रे बैंकको कावासोती र टाँडीमा नयाँ शाखा, एटीएम पनि जडान |
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले कावासोती र टाँडीमा नयाँ शाखा खोलेको छ । नवलपुरको कावासोती नगरपालिकास्थित कावासोती शाखा कार्यालय र चितवनको रत्ननगर नगरपालिका स्थित टाँडी शाखा कार्यालयको औपचारिक सुरुवात गरेको हो ।
कावासोती शाखा कार्यालयको उद्घाटन कावासोती नगरपालिकाका उपमेयर प्रेमशंकर मर्दनिया र टाँडी शाखा कार्यालयको उद्घाटन रत्ननगर नगरपालिकाका मेयर नारायण बनले गरेका छन् ।
नयाँ शाखामार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ । बैंकले शाखाहरुमा २४ सै घण्टा चल्ने एटीएमको पनि व्यवस्था गरीएको छ ।

