नेप्सेमा दुई संस्थाको ८ लाख कित्ता बोनस शेयर थपियो |
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा दुई वटा संस्थाको कुल ८ लाख १६ हजार ३९९ कित्ता बोनस शेयर सूचिकृत भएको छ । बिहीबार मात्रै सेण्ट्रल फाइनान्स कम्पनी र सप्तकोशी डेभलपमेण्ट बैंकको सो मात्राको बोनस थपिएको हो ।
नेप्सेमा सेण्ट्रल फाइनान्सको ६ लाख ६३ हजार ८४६ कित्ता र सप्तकोशी डेभलपमेण्ट बैंकको १ लाख ५२ हजार ५५३ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।



