सनराइज बैंकको भिजा कार्ड प्रयोगमा नगद फिर्ता |
काठमाडौं । सनराइज बैंकले भिसा डेबिट तथा क्रेडिट कार्डको कारोबारमा नगद फिर्ता योजना ल्याएको छ । भिसा कार्डसंगको सहकार्यमा बैंकले ल्याएको यस योजनामा ग्राहकले ५०० देखि १००० रुपैयाँसम्म नगद फिर्ता पाउनेछन् ।
यस योजनाअन्तर्गत बैंकको कुनै पनि ग्राहकले डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि पीओएस मेसिन वा अनलाइन मार्फत कारोबार गरेका एक हजारसम्म नगद बैंकले ग्राहकको खातामा जम्मा गरिदिनेछ ।
बैंककाअनुसार पीओंएस वा अनलाइन मार्फत बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि ५००० देखि १० हजारसम्मको कारोबार गर्नेले पाँंचसय, १५ हजारसम्म कारोबार गर्नेले ७५० र १५००० भन्दा माथिको कारोबार गर्नेले १००० सम्म नगद फिर्ता पाउनेछ । योजनाले बैंकका डेबिट तथा क्रेडिटकार्ड ग्राहक लाभान्वित हुने बैंकले बिश्वास लिएको छ।
बैंकले हाल देशभर रहेका आफ्ना १०३ वटा शाखा, २८ वटा शाखारहित बैंकिङ्ग सेवा, ३ वटा एक्सटेन्सन काउण्टर, ११७ वटा एटीएम मार्फत आफ्ना ५ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।



