मेरो माइक्रोफाइनान्सको हकप्रद आजदेखि |
काठमाडौं । मेरो माइक्रोफाइनान्सले आज आइतवारदेखि चुक्ता पूँजीको सत्प्रतिशत अर्थात् ३२ लाख ८९ हजार कित्ता हकप्रद शेयर निष्कासन गरेको छ । संस्थाले प्रतिशेयर १०० रुपैयाँको दरमा गत माघ २३ गतेसम्म कायम शेयरधनीहरूका लागि उक्त शेयर निष्कासन गरेको हो ।
संस्थाले चैत २४ गतेसम्म हकप्रद शेयर निष्कासन तथा विक्री खुला गर्नेछ । हकप्रद शेयरका लागि इक्रा नेपालले गरेको क्रेडिट रेटिङ अनुसार औसत सुरक्षा जनाउने सूचक ‘इक्रा एनपी आईपीओ ग्रेड ४’ प्राप्त गरेको छ । हकप्रद शेयर निष्कासनपछि संस्थाको चुक्ता पूँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।
Visited 1 times, 1 visit(s) today


