रिलायन्स फाइनान्सको १ लाख ८८ हजार हकप्रद शुक्रवारदेखि लिलामीमा |
काठमाडौं । रिलायन्स फाइनान्सले पहिलो पटक विक्री नभएको संस्थापकतर्फको हकप्रद शेयर शुक्रवारदेखि लिलाममा राखेको छ । संस्थाले संस्थापक तर्फको १ लाख ८८ हजार ८७४ कित्ता हकप्रद शेयर चैत १ गतेसम्म आवेदन दिन सकिने गरी लिलाममा विक्री गर्न लागेको हो ।
संस्थाले गत साउनमा संस्थापकतर्फ विक्री नभएको ३ लाख एक हजार २७४ कित्ता हकप्रद शेयर बोलकबोल लिलामका लागि आह्वान गरेकोमा १ लाख १२ हजार ४०० कित्ताका लागि मात्रै आवेदन परेको थियो ।
बोलकबोल लिलाम आवदेनका लागि सनराइज क्यापिटल कमलपोखरी, रिलायन्स फाइनान्सको कार्यालयहरू, सनराइज बैंकका शाखा कार्यालयहरू वीरगंज, बुटवल, नेपालगंज, सुर्खेत र धनगढीबाट पाइनेछ ।
Visited 1 times, 1 visit(s) today


