मकवानपुर राष्ट्रिय औद्योगिक व्यापार मेलामा रिद्धि सिद्धी सिमेन्टद्धारा निː शुल्क बस सेवा |
काठमाडौं । मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हुन लागेको राष्ट्रिय औद्योगिक व्यापार मेलालाई अवलोकन गर्न सहज होस भन्ने हेतुले हेटौंडा– १५ मा रहेको रिद्धि सिद्धि सिमेन्ट उद्योगले हेटौंडा बजारबाट मेला स्थल हेटौंडा– ५ क्याम्पा डाँडा सम्म निː शुल्क ओसार पसार गर्ने भएको छ ।
आज मंगलवार संघको सभाकक्षमा पत्रकार सम्मेलन गर्दै सिमेन्ट उद्योगले उद्योगको उत्पादनलाई सहज ढंगले आमउपभोक्ता समक्ष पुर्याउन विभिन्न स्थानहरुमा हुने मेला प्रदर्शनीहरुको ठुलो भुमिका रहने कुरालाई नकार्न सकिन्न । यिनै विषयलाई मध्यनजर गर्दै मकवानपुर उद्योग वाणिज्य संघको आयोजना हुन गइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा सहभागीहुन पाउदा खुसी भएको क्षेत्रिय विक्री प्रबन्धक विक्रम खतिवडाले बताए ।

विभिन्न पेशा, व्यापार, उद्योगमा संलग्न व्यक्ति, युवा, वृद्ध, तथा विद्यार्थीवर्ग गरी करिव ५ लाख अवलोकनकर्ताले अवलोकन गर्ने यस मेलाको लागि रिद्धि सिद्धि सिमेन्ट प्रालिको तर्फबाट ३ वटा निː शुल्क बस सेवा संचालन गरिने बताए । फाल्गुन १६ गते देखी संचालन हुने मेलामा हेटौंडाको बिभिन्न स्थानबाट निː शुल्क बस सेवा संचालन गरि दैनिक २ हजार जनालाई प्रत्यक्ष सेवा दिने लक्ष्य रहेको समेत खतिवडाले बताए । साथै मकवानपूर जिल्लाका आसपासमा रहेका सामुदायिक विद्यालयहरु संग समन्वय गरी मेला अवलोकनका लागि हरेक दिन सेवा दिइने पनि उनले बताए ।
हेटौंडा बजारको जिल्ला प्रहरी कार्यालय, मउवा संघको चोक र सिमाचोक शितल महलचोकबाट बस सेवा संचालन हुनेछ ।

शंकर गु्रप र अम्बे गु्रपको संयुक्त लगानीमा निर्माण सम्पन्न हुनै लागेको रिद्धि सिद्धि सिमेन्ट प्रालिले यस्तो मेलाको अवसरमा सेवा प्रदान गर्न लागेकोमा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले धन्यवादका साथ संगसंगै सहकार्य गरि अघि बढ्ने समेत बताए । कार्यक्रममा संघका उपाध्यक्ष कृष्णकुमार गुप्ता, कार्यसमिति सदस्य दीपक उप्रेती, सिमेन्ट उद्योगका प्रतिनिधि, संचारकर्मीहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संघका कार्यसमिति सदस्य तथा मेलाका यातायात तथा पार्किङ व्यवस्थापन समितिका संयोजक रवि कंडेल शर्माको अध्यक्षतामा भएको थियो ।



