साइन रेसुङ्गाको बोनस शेयर नेप्सेमा सूचिकृत |
काठमाडौं । साइन रेसुङ्गा डेभलपमेण्ट बैंकको २४ लाख ४० हजार ४ सय ९८ कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । उक्त बैंकको आज सोमवार सो परिमाणको शेयर नेप्सेमा थपिएको हो ।
तम्घासमा केन्द्रयी कार्यालय रहेको यस बैंकको हाल १ करोड ६२ लाख २६ हजार कित्ता शेयर सूचिकृत रहेको छ । त्यस्तै, बजार पूँजीकरण ३ अर्ब ९४ करोड रुपैयाँ रहेको यस बैंकको चुक्ता पूँजी हाल १ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।



