महिन्द्राको लाइफ स्टाइल अटो शो फागुन १० गतेदेखि, नयाँ गाडी भित्र्याउने |

काठमाडौं । नेपालमा पहिलो पटक लाइफ स्टाइल अटो शो ‘महिन्द्रा उदय २०१९ फेस्टिबल हुने भएको छ । अग्नि इन्कर्पोरेट, एमभी दुगड, स्वराज पार्टनर तथा महिन्द्रा एण्ड महिन्द्रा लिमिटेडको संयुक्त आयोजनामा उक्त महोत्सव हुने भएको हो ।
महोत्सवअन्तर्गत महिन्द्राले यही फागुन १० देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आफ्ना सबै रेन्जका ग्लोबल मोबिलिटी सोलुशनका प्रोडक्टहरूको पहिलो पटक लाइफ स्टाइल अटो शो गर्नेछ । उक्त शोमा महिन्द्राले मोबिलीटी सोलुशनअन्तर्गतका पूरा रेन्जका दुई पांग्र्रेदेखि प्यासेन्जर भेइकल, कमर्शियल भेइकल, इलेक्ट्रिक भेइकल, कृषि सामग्रीसम्म प्रदर्शन गर्ने बताइएको छ ।
त्यस्तै, महिन्द्राको विश्वस्तरीय रेन्जका टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरदेखि जेनेरेटरजस्ता प्रोडक्टहरूको प्रदर्शनी हुनेछ । नयाँ प्यासेन्जर भेइकलहरू मराजो, एक्सयुभी–३०० तथा अन्य पावरफुल एसयुभीहरू, हेवी कमर्शियल भेइकलअन्तर्गत ब्लाजो तथा मझौला कमर्शियल भेइकलअन्तर्गत फ्युरियोको प्रदर्शनी हुने भएको छ ।
त्यसैगरी, उक्त शोमा स्वराजको ६५ हर्सपावर भएको स्वराज ९६३ र २५ हर्सपावर भएको जीभो फोर ह्वील ड्राइभ ट्याक्टर, सफा हावाको गुणस्तर कायम राख्न प्रतिवद्ध मास मार्केट इलेक्ट्रिक कारहरु–ईटुओ र इभेरिटोको प्रदर्शनी हुनेछ ।
कार्यक्रममा महिन्द्राले रेसिङ इन्सपायर्ड महिन्द्रा मोजोको अनावरण गर्ने भएको छ । महिन्द्राको एक्सयूभी ५००, टीयूभी ३००, केयूभी १००, म्याक्सिमो, सुप्रो, बोलेरो पिकअप, कस्मो बस र तीनपांग्र्रे ईअल्फाको पनि प्रदर्शनी हुनेछ । महोत्सवमा सबै अन्तरराष्ट्रिय रेन्जका प्रोडक्टहरु टुह्वीलर, प्यासेन्जर, ट्रक, बस, इलेक्ट्रिक भेइकल, ट्रयाक्टरहरुको प्रदर्शनी हुनेछ ।
महिन्द्राले नेपालका ग्राहकहरुलाई महिन्द्रा उदय २०१९ फेस्टीभलमार्फत महिन्द्राका प्रडक्टहरुको बारेमा अनुपम अनुभव दिनेछ । यस इभेन्टको डिस्प्लेले महिन्द्राका सवारी साधनहरुको टफ र रग्ड डीएनएको बारेमा अवलोकनकर्ताहरूलाई जानकारी दिनेछ । यस मेलामा सवारीसाधनहरुको प्रदर्शनीबाहेक नेपालका चर्चित कलाकारहरुको लाइभ पर्फर्मेन्सका साथै ६ वटा भन्दा बढी विभिन्न भेराइटीका खानाहरूको पनि स्टल रहने बताइएको छ ।