नेपाल लाईफ र कामना सेवा विकास बैंक बिच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । कामना विकास बैंक र नेपाल लाईफ इन्स्योरेन्स बीच बैंकासुरेन्स सम्झौता भएको छ । यससँगै इन्स्योरेन्सको सम्पूर्ण जीबन बीमा पोलेसीहरु अब कामना सेवा विकास बैंकका ग्राहकहरुले बैंक मार्फत खरिद गर्न सक्नेछन् ।
बैंकासुरेन्स सम्बन्धी सेवा आदान प्रदान गर्ने गरि सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कायैकारी अधिकृत प्रविण बस्नेत र इन्स्योरेन्सको तर्फबाट सन्तोष प्रसाईले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै बैंकका व्यावसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ ।
बैंकले देशका विभिन्न स्थानमा ६४ वटा शाखा कार्यालय र १७ वटा एटीएम मार्फत ग्राहकहरुलाई सेवा प्रवाह गर्दे आइरहेको छ ।



