साढे २ करोड धरौटी बुझाएर छुटे गोपाल खड्का, नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बस्यो |
काठमाडौं । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का धरौटी बुझाएर छुटेका छन् । उनी विशेष अदालतमा २ करोड ५० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्य प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले २ करोड ५० लाख रुपैयाँ धरौटी माग गर्ने आदेश दिएको हो ।
खड्काको धरौटी रकमका लागि आज मंगलवार नै नेपाल इन्भेस्टमेन्ट बैंक ग्यारेन्टी बसेकाले उनी तारेखमा छुटेका हुन् । अख्तियारले खड्काको आम्दानीको १८ करोड ६६ लाख रुपैयाँ स्रोत नखुलेको आरोपमा मुद्दा दायर गरेको थियो ।



