स्मार्ट एप्लायन्सका एयरटेक एयर कुलर बजारमा |
काठमाडौं । केएल दुगड अन्तर्गत स्मार्ट एप्लायन्स प्रालीले ७ देखि ६० लिटर सम्म क्षमता भएको एयरटेक एयर कुलर बजारमा सार्वजनीक गरेको छ । एयरटेक हङकङको एयर कुलर उत्पादन गर्ने लोकप्रिय ब्राण्ड हो । एयरटेक एयर कुलरका सबै मोडलका उच्च प्रिमियम क्वालिटिले बनेका छन् । जसले उच्च प्रदर्शन गर्नुका साथै टिकाउ पनि छन् । स्मार्ट एप्लायन्स प्राली एयरटेक एयर कुलरको नेपालका लागि एक मात्र आधिकारिक वितरक कम्पनी हो ।
स्मार्ट एप्लायन्स प्रालीले एयरटेक AT800AE एयर कुलर नेपाली बजारमा ल्याएको छ । यसलाई कार्बन डस्ट पिल्टर सहितको पोलिम्बरबडि सामाग्री, अर्र्र्थीङ सेफ्टी, हनिकम्बो र आइस् च्याम्बरले इन्जीनियरिङ गरिएको छ ।
७ लिटरको डिस्प्याचेबल पानी ट्याङकीको क्षमता भएको एयरटेक AT800AE मा ४ स्पीड ब्लोवर कन्ट्रोल छ । जसले प्रति घण्टा ३०५ क्यूविक मिटर एयर डेलिवर गर्छ । जुन कम स्थान भएकाहरुका लागि एकदमै सहि विकल्प हो ।
यसमा १ वर्षको वारेन्टी पनि छ । एयरटेक बल्बको भन्दा कम विद्युत खपत गर्ने एयर कुलर हो । यसको एलईडी कन्ट्रोल प्यानल रिमोटबाट सञ्चालन हुन्छ । बयसमा अफ टाइमर विशेषता पनि छ ।



