नेपाली जुत्ता घरमा अफरैअफर ! | ६ महिने वारेण्टीका साथ फागुनभरि ५० प्रतिशतसम्मको छुट अफर
काठमाडौं । नेपाली जुत्ता घरले आफ्ना ग्राहकहरूको हितका लागि नयाँ योजना सार्वजनिक गरेको छ । उक्त जुत्ताघरले ६ महिनाको वारेण्टीसहित फागुन महिनामा ५० प्रतिशतसम्म छुटको अफर ल्याएको बताएको छ ।
योजना अवधिभर १० देखि ५० प्रतिशतसम्मको छुट दिइने नेपाली जुत्ता घरले जानकारी दिएको छ । ४ सय रुपैयाँदेखि ५ हजार रुपैयाँसम्मका जुत्ता पाइने नेपाली जुत्ता घरका काठमाडौं र पोखरामा गरी पाँचवटा आउटलेट विस्तार भइसकेका छन् । काठमाडौं उपत्यकामा जमलको नाँचघर, माछापोखरीको बुद्धमल, महाराजगंज चक्रपथबाट गंगाला अस्पताल जानेबाटोमा १०० मिटर अगाडि र ललितपुरको कुमारीपाटीमा नेपाली जुत्ता घरका आउटलेट रहेका छन् ।
पोखरामा सिद्धार्थ चोकस्थित चिप्लेढुंगामा नेपाली जुत्ता घरको आउटलेट छ । नेपाली जुत्ता घरमा बीएफ डिअर हिल सुज, शिखर, कोशेली, क्रसरोड, स्काई सुज, टाकुरा, लेदर विङ्स, शु ल्याण्ड, सफ्ट टच ब्राण्डका जुत्ता छानीछानी खरिद गर्न सकिने नेपाली जुत्ता घरले बताएको छ ।
नेपाली जुत्ताघरले नेपाली जुत्ताहरूको बजार प्रवद्र्धन र प्रतिस्पर्धी कम्पनीहरूको सहकार्यतामा जोड दिँदै आएको छ ।


