शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको कोटिहवामा नयाँ शाखा संचालनमा |
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले रुपन्देहीको कोटिहवामा नयाँ शाखा कार्यालय विस्तार गरेको छ । अब बैंकको शाखा संख्या ३९ पुगेको छ । बैंकको एउटा एक्सटेन्सन कार्यालयसमेत छ ।
बुटवलको कालिकानगरमा अत्याधुनिक कर्पोरेट भवन निर्माण गरिरहेको बैंकले ५ नम्वर प्रदेशको प्रत्येक घरमा बैंकिङ पहुँच पुर्याउने रणनीति अनुरुप कार्य गर्दे आइरहेको विज्ञप्तिमा उल्लेख गरेको छ ।
चुक्ता पूँजी १ अर्व ६२ करोड रुपैयाँ रहेको बैंकको १६ अर्व १० करोड निक्षेप परिचालन गरी १४ अर्व ५२ करोड कर्जा लगानी गरेको छ ।


