ग्लोबल शेपर्सले काठमाडौंमा गर्यो शेप टक |
काठमाडौं । ग्लोबल शेपर्स कम्युनिटी काठमाडौं हबले डीएभी स्कुलमा दोस्रो शेप टक कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा डीसीए नेपालले नो मोर लिमिट्स सर्ट भिडियो प्रतिस्पर्धा अन्तर्गत चार वटा भिडियो प्रदर्शन गरेको थियो ।
संस्थाका अनुसार राजोवती, निर्लज्ज, ५ इन १००८० र फष्ट ब्लड प्रदर्शन गरिएको थियो । भिडियो देखाएपछि निर्माणकर्ता रेवती गुरुङ, प्रशान्त पौडेल, दीपेश पौडेल र महिनावारी क्षेत्रका विशेषज्ञ राधा पौडेलबीच महिनावारी सम्वन्धि महिलाले भोगेका समस्या बारेमा छलफल भएको थियो । छलफलमा ग्लोबल शेपर्सका सलोनी सेठियाले संयोजकको भूमिका निभाएकी थिईन्। ।
छलफलमा महिनावारी हुँदा महिलालाई हेर्ने दृष्ट्रिकोणबाट परेको प्रभावका बारेमा छलफल केन्द्रित थियो। ग्लोबल शेपर्स नेपाल वल्र्ड इकोनोमिक फोरम अन्तर्गत विश्वका विभिन्न देशका शहरहरुमा युवा उद्यमीद्धारा संचालित संजालको नेपालको प्रतिनिधी संस्था हो। संस्थामा २०देखि ३० वर्षसम्मका युवा उद्यमीहरु सामाजिक काममा सहभागी हुन्छन्।



