बेलायती ऊर्जा उत्पादक कम्पनी बीपीको खुद नाफा साढे ९ अर्ब |

काठमाडौं । खनिज तेलको खोज, उत्खनन तथा वितरण गर्ने तथा ऊर्जा उत्पादक विशाल बेलायती कम्पनी (बीपी) को सन् २०१७ को तुलनामा सन् २०१८ को खुद नाफा झण्डै तीन गुणाले बढेको छ । कम्पनीको सन् २०१८ को खुद नाफा ९ अर्ब ४० करोड डलर भएको कम्पनीले बताएको छ ।
सन् २०१७ मा कर कटाएर कम्पनीको खूद नाफा ३ अर्ब ४० करोड रहेको थियो । बीपीको आम्दानी वृद्धि हुनुमा तेलको मूल्य बढ्नु र विदेशी विनिमय दरमा सुधार हुनु रहेको पनि कम्पनीले बताएको छ । (एजेन्सीबाट)