कञ्चनस्काईले भित्र्यायो तारबिनै टीभी हेर्न सकिने प्रविधि | नेपाली सबै टीभी च्यानल र केही विदेशी च्यानल निःशुल्क हेर्न पाइने
काठमाडौं । विश्वका धेरै विकसित देशहरूले प्रयोग गर्दै आएको बिनातार टीभी हेर्न सकिने प्रविधि नेपालमा पनि भित्रिएको छ । कञ्चन स्काई डिजिटल वायरलेस टीभीले यस्तो प्रविधि नेपाली बजारमा भित्र्याएको हो ।
यो प्रविधि सजिलो र भरपर्दो भएकै कारण यसको लोकप्रियता विश्वमै बढ्दो छ । डीभीबी डिजिटल भिडियो ब्रोडकास्टिङको मापदण्डमा यो टीभी हेर्न सकिने भएकै कारण पछिल्लो अत्याधुनिक प्रविधिको रूपमा यसको उदय भएको हो ।
यो प्रविधि डीभीबी –एस२– मोडुलेशनमा आधारित यो प्रविधि हाम्रो जस्तो विकासोन्मुख देशमा खाँचो पनि थियो । सानो देश र भौगोलिक जटिलताका कारण शहरनजिकको एउटा अग्लो स्थानमा यसको प्रसारण केन्द्र स्थापना गर्दा सजिलै हरेक नेपालीहरूको घर घरमा डिस एण्टिनामार्फत गुणस्तरीय टीभी हेर्न सकिन्छ ।
शहरभरि तारैतार हुने स्याटेलाइट प्रविधिको विकल्पको रूपमा लिइएको यो प्रविधिमार्फत बिनातार सजिलै हरेक नेपालीको घर–घरमा पुग्न सकिने र त्यति मर्मत गर्नु नपर्ने भएका कारण पनि यो प्रविधि आजको आवश्यकता भएको महसुस गरी यो प्रविधि भित्र्याइएको कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार नेपालमा कञ्चनस्काई डिजिटल वायरलेस टीभीले अब विभिन्न स्थानमा टावर स्थापना गरी १६० माथिका एसडी, एचडी र फोरके प्रविधिको गुणस्तरीय वारलेस टीभी सेवाका साथै स्थानीय रूपमा प्रसारण केन्द्र स्थापना गरी ताररहित सेवा सञ्चालनको कार्यमा कम्पनी लागिरहेको छ । कम्पनीले नेपालमा सबै वर्गका उपभोक्ता तथा समग्र नेपालको सञ्चार विकासमा टेवा पुर्याउने कम्पनीको विश्वास रहेको छ ।
कम्पनीका अनुसार हाल भू–उपग्रहमार्फत प्रसारणमा रहेका नेपाली टेलिभिजनहरू र स्थानीय टेलिभिजनहरूलाई उच्च प्राथमिकतामा राखी ३० माथिका नेपाली टेलिभिजनहरू र थप अन्य विदेशी निःशुल्क र नेपाल सरकारबाट डाउन लिङ्क अनुमति लिएका च्यानलहरू नेपालीहरूको घरमा बिनाकुनै मासिक शुल्क र सःशुल्क बेसिक एचडी (जसमा १३० कुल च्यानल संख्या) र एचडी प्रिमियम (जसमा कुल १६० च्यानल संख्या) सहितको सेवा घरघरमा पुर्याउन लागिएको छ ।
कम्पनीले यसको शुरूवात नेपालको सुदूर पश्चिमको महाकाली महेन्द्रनगर हुँदै हाल काठमाडौंमा थप प्रसारण केन्द्रको स्वीकृत लिई केन्द्रबाट वायरलेस डिजिटल टीभी सेवा सञ्चालनको थालनी गरिसकेको छ । साथै, निकट भविष्यमै कम्पनीले देशभरि नै सेवा विस्तार गर्ने लक्ष लिएको छ ।
Visited 1 times, 1 visit(s) today


