कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीबीच बैंकासुरेन्स सेवा आदान प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार अब बैंकका ग्राहकले ६४ वटै शाखाबाट लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको निर्जीवन बीमा पोलिसि खरिद गर्न सक्नेछन् ।
सम्झौतापत्रमा कामना सेवा विकास बैंक कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरेका छन् ।
Visited 1 times, 1 visit(s) today


