नेपाल क्रेडिट एण्ड कमर्स बैंक र ओम हस्पिटलबीच सम्झौता |
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेण्टरबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र अस्पतालको तर्फवाट प्रबन्ध निर्देशक बाबुकाजी कार्कीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्मचारी तथा ग्राहकहरूले ओम हस्पिटलमा उपचार गराउँदा बैैकको डेबिट अथवा क्रेडिट कार्ड प्रयोग गरी बिल भुक्तानी गर्दा विभिन्न सेवाहरूमा विशेष छुट पाउनेछन् ।
देशभर ७४ वटा एटीएम सञ्चालनमा ल्याउन सफल उक्त बैंकले हाल १२२ वटा शाखाहरूमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गरिरहेको छ ।
Visited 1 times, 1 visit(s) today


