मेगा बैंक र सन नेपाल लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । मेगा बैंक नेपाल र सन नेपाल लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले हस्ताक्षर गरेका हुन् ।
यस सम्झौतासँगै अब मेगा बैंकका सम्पूर्ण ग्राहकहरू र कर्मचारीले सन नेपाल लाइफ इन्स्योरेन्सले प्रदान गर्ने जीवन बीमासम्बन्धी बीमा शुल्क भुक्तानी, बीमालेख लिन तथा बीमा दाबी भुक्तानीलगायत सम्पूर्ण सेवा उक्त बैंकका सम्पूर्ण शाखाबाट प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
Visited 1 times, 1 visit(s) today


