रुस्लानको ब्राण्ड एम्बेसडरमा क्रिकेटर पारस, ज्ञानेन्द्र र शरद, एक वर्षलाई अनुबन्धन |
काठमाडौं । रुस्लानले नेपाली क्रिकेट टीमका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेस्वाकरलाई ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।
एक वर्षको लागि एम्बेसडरमा नियुक्त भएका तीनै जनाले क्रिकेटको विकासमा केन्द्रित रहेर विकास र प्रचारमा सहभागी हुने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जावालाखेल ग्रुप अफ इन्डस्ट्रिजका प्रवन्ध निर्देशक राजबहादुर शाहले उत्कृष्ट क्रिकेटरलाई जोड्न पाएकोमा खुशी व्यक्त गरे ।
पारस, ज्ञानेन्द्र र शरदलाई रुस्लानसँग जोड्न पाएकोमा निकै खुशी छौं । खेलकुद क्षेत्रमा ठूलो योगदान दिएर विश्व सामु चिनाउन सफल उत्कृष्ट क्रिकेट खेलाडीले देशको क्रिकेट विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिएका छौं, उनले भने । समूहका कार्यकारी निर्देशक शशिन जोशीले फूटबल र क्रिकेटसँग रुस्लानको लामो समयदेखि सहकार्य गर्दै आएको र भविष्यमा समेत खेलको विकासमा रुस्लानले सहयोग गर्ने प्रतिवद्धता जनाए ।


