कतार एयरवेजद्वारा पहिलो शिखर सम्मेलनका लागि वक्ताहरुको नाम घोषणा |

दोहा, कतार । कतार एयरवेजले आगामी महिना फेब्रुअरी ५ र ६ को दिन विश्वभरका वायुसेवा उद्योगका अग्रणीहरुलाई दोहामा निम्त्याई पहिलो ‘सि.ए.पि.ए कतार एभिएसन, एरोपोलिटिकल एण्ड रेगुलेटरी समिट’ नामक सम्मेलन आयोजना गर्ने योजना बनाएको छ । जसका लागि हालै कार्यक्रमका मुख्य वक्ताहरुको सूची घोषणा गरेको हो ।
मध्य पूर्वी क्षेत्रमा हुन गइरहेको सोे कार्यक्रममा वायुसेवा एवं कानुनी तथा सरकारी क्षेत्रका ३५ जनाभन्दा बढी वक्ताहरुले दुवै क्षेत्रीय तथा विश्वव्यापी स्तरमा अन्तरराष्ट्रिय उड्डयन अधिनियममा भइरहेको नविनतम विकासका बारेमा छलफल गर्नेछन् ।
अन्तरराष्ट्रिय उड्डयन उद्योगका वरिष्ठ निर्णयकर्ताहरुको उपस्थिति रहने उक्त दुई दिने सभामा कतार एयरवेजद्वारा आयोजित एक भव्य रात्रिभोजको पनि कार्यक्रम रहेको छ ।