कामना सेवा विकास बैंक र गुराँस लाईफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेड र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मंगलबार बैंकासुरेन्स सम्झौता भएको छ ।
उक्त सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएको ६३ वटै शाखाहरुबाट सहज रुपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसिहरु खरिद गर्न सक्नेछन् ।
सम्झौतासँगै बैंकको व्यवसाय प्रवर्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरु लाभान्वित हुने बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा कामना सेवा विकास बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रविण वस्नेत र गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले हस्ताक्षर गरेका थिए ।
काठमाडौंको ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशका विभिन्न भागहरुमा ६३ वटा शाखा तथा १७ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।



