अबदेखि डेपुटी सीईओलाई पनि कुलिङ पिरियड | सञ्चालक छाडेको ६ महिनासम्म अर्को कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्था खारेज
काठमाडौं । अबदेखि बैंकका डेपुटी सीईओलाई पनि कुलिङ पिरियड लागू हुने भएको छ । नेपाल राष्ट्र बैंकले यसअघि बैंकका प्रमुख कार्यकारी अधिकृतलाई मात्र कुलिङ पिरियड लागू भएकोमा त्यस्तो व्यवस्थालाई संशोधन गर्दै डेपुटी सीईओमाथि पनि कुलिङ पिरियड लागू हुने निर्देशन जारी गरेको छ ।
राष्ट्र बैंकले एकीकृत निर्देशन इ.प्रा. निर्देशन नं ६ को बुँदा नम्बर २० लाई संशोधन गर्दै उक्त व्यवस्था गरिएको निर्देशन जारी गरेको हो ।
त्यस्तै, एउटा कार्यकालमा सञ्चालक छाडेका जोकोहीले पनि सोही कार्यकालमा सञ्चालक हुन नपाउने तथा ६ महिनासम्म अर्को कम्पनीको सञ्चालक हुन नपाउने व्यवस्थालाई संशोधन गर्दै पहिलो व्यवस्था मात्रै कायम गरेको छ । त्यस्तै, प्रमुख कार्यकारी छाडेको छ महिनासम्म सोही कम्पनीको सञ्चालक बन्नसमेत नपाउने व्यवस्था गरिएको राष्ट्र बैंकले बताएको छ ।
यद्यपि समस्याग्रस्त संस्थाको हकमा भने समस्याग्रस्तबाट मुक्त भएको २ वर्षसम्म सो नियम लागू नहुने समेत राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
Visited 1 times, 1 visit(s) today


