कुमारी बैंक र स्मल वल्र्डबीच रेमिटेन्स सम्झौंता |
काठमाडौं । कुमारी बैंक र स्मल वल्र्ड सर्भिस ग्रुप लिमिटेड युकेबीच रेमिटेन्स सेवा मुलुकभर विस्तार गर्ने सम्बन्धमा सम्झौंता भएको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारी र स्मल वल्र्डका प्रमुख कार्यकारी अधिकृत निकोल्स जोन स्टेवार्ट डेले हस्ताक्षर गरे । यो सम्झौतापछि विश्वभर रहेका स्मल वल्र्ड सर्भिसका (काउन्टर र अनलाइन रेमिट्यान्स सर्भिस) मार्फत सजिलै नेपालमा पैसा पठाउन सकिनेछ ।
विदेशबाट पठाएको पैसा बैंकका सम्पूर्ण ८९ शाखाहरु तथा कुमारी बैंकका करिव ८५०० भन्दा बढी एजेन्ट मार्फत सजिलै भूक्तानी लिन सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।



