बाराको अमृतगंजमा कृषि विकास बैंकको अनलाईन बैकिङ्ग सेवा |
काठमाडौं । बारा जिल्लाको अमृतगंजमा कृषि विकास बैंक लिमिटेडमा अनलाईन बैकिङ्गको शुभारम्भ भएको छ । सो सेवाको कृषि विकास बैंक लिका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र सिमरौनगढ नगरपालिकाका मेयर विजय कुमार यादवले संयूक्त रुपमा औपचारिक उद्घाटन गरका छन् ।
सेवाग्राही, उद्योग व्यवसायी तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा नगरपालीकाका मेयर उपेन्द्र यादव, उप–मेयर तारादेवी साहु कानु, ग्राहकको तर्फबाट मेदिनी मण्डल, मेयर विजय कुमार यादवले बैकले उपलव्ध गराउने सेवाहरुले अमृतगंज बासिहरुको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेलोस भन्दै बैंकको उच्च प्रगतिको कामना गर्दै शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंक लि।ले प्रदान गर्ने सेवा सुविधाका बारेमा जानकारी गराउंदै यो बैंक स्थानीय जनताको माग बमोजिम नै यस शाखालाई सूचना प्रविधि सम्पन्न गराइएको हुंदा अबका दिनमा बैंकबाट उपलव्ध हुने सेवाहरु अझ छिटो छरितो ढंगले गुणस्तरीय रुपमा सेवाहरु उपलव्ध गराईने बताए ।
साथै बैंकबाट उपलव्ध सम्पूर्ण सेवाको भरमग्दुर उपभोग गरी जीवनस्तर उकास्न अनुरोध ब्यक्त गरेका थिए । साथै स्थानीय जनताको निरन्तर सहयोगले नै बैंकले उच्च प्रगति हांसिल गर्ने र भविष्यमा बैंकले थप सुविधाहरु उपलव्ध गराउने विश्वास दिलाएका थिए ।
उदघाटन कार्यक्रमको अध्यक्ष तथा क्षेत्रिय निर्देशक बाबु काजी थापाले देशको आर्थिक विकासमा टेवा पुर्याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा र अबका दिनमा बरियापुरबासीलाई उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा प्रकाश पारेका थिए ।
Visited 2 times, 1 visit(s) today


