आइएमई लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता |
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स र महालक्ष्मी विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता अनुसार सर्वसाधारण तथा बैंकका ग्राहकले महालक्ष्मी विकास बैंकको कुनै पनि शाखाबाट आइएमई लाइफ इन्स्योरेन्सका जीबन बीमा सेवा लिन सक्नेछन् ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमखु कार्यकारी अधिकृत कृष्णराज लामिछाने र आइएमई इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चन्द्र भट्टले हस्ताक्षर गरे ।
आइएमई लाइफ इन्स्योरेन्सले हाल ६९ भन्दा बढी शाखाहरु मार्फत सेवा दिँदै आएको जनाएको छ । यसका बिभिन्न १० वटा बीमा योजनाहरु बजारमा छन् ।
कम्पनीले सामान्य सावधिक बालशिक्षा आजीवन नगदफिर्ता साढे तीन गुना रक्षावरण लगायतका बीमा योजना ल्याएको जनाएको छ ।




