‘दशैंमा २० लाख’ योजनाको भाग्यशाली विजेता घोषणा | झागडले जिते रू. २० लाख, कुल ८ सय ५६ जना पुरस्कृत
काठमाडौं । नेपालको रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले सञ्चालन गरेको ‘दशैंमा २० लाख’ योजनाअन्तर्गतको सर्वाधिक ठूलो राशिको भाग्यशाली विजेता आज बिहीवार घोषणा गरेको छ । २०७५ सालका चाडपर्वलाई लक्षित गरी सञ्चालन गरेको उक्त योजनाको भाग्यशाली विजेतामा मलेशियाबाट नेपालमा पैसा आईएमई गर्ने धीरेन्द्रकुमार झागड घोषित भएका छन् ।
उनी सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की ड्र’ बाट २० लाख रुपैयाँको भाग्यशाली विजेता घोषित भएका हुन् । कम्पनीले आफ्नो प्रधान कार्यालय पानीपोखरीमा एक कार्यक्रमको आयोजना गरी विजेता घोषणा गरेको हो । कम्पनीका अनुसार भाग्यशाली विजेता झागडले नगद रू. २० लाख प्राप्त गर्नेछन् ।
सो अवसरमा अध्यक्ष ढकालले आम सेवाग्राहीको निरन्तर विश्वासले नै आईएमईलाई एउटा भरपर्दो ब्राण्डको रूपमा स्थापित गराएको बताउँदै आईएमई पेमार्फत हरेक प्रकारका भुक्तानी सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले सेवाग्राहीमुखि ‘दशैंमा २० लाख’ योजनाको अवधिको करिब तीन महिनामा लक्ष्यअनुरूपको व्यापार अभिवृद्वि भएको बताए । पर्व लक्षित यस्ता कार्यक्रमले आम सेवाग्राही र कम्पनीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने उनको भनाइ थियो ।
कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, ब्राण्ड एम्बास्डरद्वय दीपकराज गिरी र दीपाश्री निरौलालगायत विभागीय प्रमुखहरूको उपस्थिति रहेको थियो ।
गत असोज ७ गतेदेखि शुरू भई गत मङ्गसिरको मसान्तसम्म लागू गरिएको उक्त योजनाअन्तर्गत दैनिक लक्की ड्र’ मा ८ सय ४०, साप्ताहिक ‘लक्की ड्र«’ मा १२, मासिक ‘लक्की ड्र’ मा ३ र बम्पर ‘लक्की ड्र’ मा १ गरी कुल ८ सय ५६ जना सेवाग्राही पुरस्कृत भएको कम्पनीले बताएको छ ।




