जापानको वैदेशिक रोजगारीका विषयमा अझै निर्णय भइसकेको छैन : विभाग |

काठमाडौं । वैदेशिक रोजगार विभागले नेपालबाट जापानमा वैदेशिक रोजगारीमा कामदारहरू पठाउने विषयमा अझैसम्म नेपाल सरकारले कुनै पनि निर्णय गरी नसकेको प्रष्ट पारेको छ । विभागले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘जापानका विषयमा निर्णयको पारदर्शिता हुने नै हुँदा जापान पठाउने भनी संस्थागतव्यक्तिगतकम्पनीबाट गरिएका सबै क्रियाकलाप कानूनविपरीत देखिन आएकाले तत्काल त्यस्ता गतिविधिहरू नगर्न र नगराउन सूचित गरिन्छ ।’
केही सञ्चारमाध्यमहरूले लेखेको समाचार तथा विभागबाट अनुमति प्राप्त गरी सञ्चालनमा आएका केही संस्थाहरूले जापानमा रोजगारी खुलिसकेको भन्दै जारी गरेको सूचनाप्रति विभागको ध्यानाकर्ष भएको जनाउँदै विभागले विज्ञप्तिमार्फत त्यस्तो सूचना जारी गरेको हो ।
विज्ञप्तीमा भनिएको छ, ‘जापानका विषयमा यस्तो सूचना गरे गरेको पाइएका सम्बन्धित संस्थागतव्यक्तिगतकम्पनीउपर वैदेशिक रोजगार ऐननियमअनुसार तत्काल कारबाही गरिने व्यहोरा सम्बद्ध सबैका लागि जानकारी गराइन्छ ।’
विभागले त्यस्तो भ्रममा नपर्नसमेत सम्बन्धित सबैलाई वित्रप्तिमार्फत आह्वानसमेत गरेको छ । साथै, त्यस्तो भ्रमपूर्ण कार्यहरू गर्ने कम्पनी फर्म वा संस्थालाई कारबाही गर्ने चेतावनीसमेत विभागले दिएको छ ।