आईएमई डिजिटल र जनता बैंक नेपालबीच सम्झौता |
काठमाडौं । आईएमई ग्रुपद्वारा प्रवर्द्धित ‘आईएमई डिजिटल’ र जनता बैंक नेपाल लिमिटेडबीच ‘आईएमई पे’ मोबाइल मनीमार्फत विविध मोबाइल वित्तीय सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा आईएमई डिजिटलका तर्फबाट प्रमुख सञ्चालन अधिकृत डेनियल डी श्रेष्ठ र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षत्रीले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब जनता बैंक नेपाल लिमिटेड ‘आईएमई डिजिटल’ को बैंकिङ साझेदार संस्था भएको छ र बैंकका सेवाग्राहीहरूले चाँडै नै आईएमई पे वालेटमा आफ्नो बैंक खाता लिंक गरी बैंक खाताबाट वालेट र वालेटबाट बैंक खातामा रकम जम्मा गर्न सक्ने बताइएको छ ।
साथै जनता बैंक नेपालका सेवाग्राहीहरूले ‘आईएमई पे’ मा उपलब्ध रिचार्ज, मनी ट्रान्सफर र क्यूआरमार्फत गरिने भुक्तानी सेवा पनि प्राप्त गर्न सक्नेछन् ।



