नयाँ वर्षदेखि मेगा बैंकका ग्राहकलाई विशेष सुविधा |
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले अंग्रेजी नयाँ वर्षको अवसर पारेर राजधानीभित्रका आठवटा शाखामा ग्राहकहरूका लागि विशेष सुविधा थपेको छ । बैंकले सेवा लिन आउने ग्राहकहरूको सहजताका लागि ‘कस्टमर केयर अफिसर’ नियुक्त गरी विशेष सुविधा थपेको हो ।
उनीहरूलाई ग्राहकहरूको बैंकिङ आवश्यकतालाई हेरविचार गर्ने विशेष जिम्मेवारी दिइएको बैंकले जानकारी दिएको छ । नमूनाका रूपमा शुरू गरिएको यो सुविधा क्रमशः अन्य शाखाहरूमा पनि विस्तार गरिने मेगा बैंककी सीइओ अनुपमा खुञ्जेलीले जानकारी दिइन् ।
‘मेगा कस्टमर केयर अफिसर’ ले मेगा बैंकको शाखा कार्यालयमा पुग्ने ग्राहकहरूलाई स्वागत गर्नुका साथै उनीहरूका समस्या, गुनासो र सुझाव सुनेर त्यसलाई बैंकका सम्बन्धित शाखासँग समन्वय गर्नेछन् । जसले ग्राहकहरूलाई बिनाझन्झट, छिटोछरितो सेवा लिन मद्दत पुग्ने मेगा बैंकको विश्वास छ ।




