कामना सेवा र जनरल इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको कामना सेवा विकास बैंक लिमिटेड र जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडबीच हिजो मंगलवार बैंकासुरेन्स सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक एस.के. टमोटले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार अब यस बैंकका ग्राहकहरूले उक्त बैंकका मुलुकभर रहेका ६२ वटै शाखाहरूबाट सहज रूपमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको निर्जीवन बीमा पोलिसीहरू खरिद गर्न सक्ने बताइएको छ । सम्झौतासँगै बैंकको सेवा प्रवद्र्धनमा सहयोग पुग्नुका साथै ग्राहकहरू लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
हाल उक्त बैंकले देशभर रहेका ६२ वटा शाखा तथा १७ एटीएममार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय आधुनिक बैंकिङ सेवा प्रदान गरिरहेको छ ।




