भायनेटको गो फर स्पिड, गो फर भायनेट योजना सार्वजनिक | ६० एमबीपीएस स्पिडको १७२० रुपैयाँ
काठमाडौं । भायनेट कम्युनिकेसन्सले ‘गो फर स्पिड, गो फर भायनेट’ योजना सार्वजनिक गरेको छ । फाईबर टु द होम (एफटीटीएच) इन्टरनेट सर्भिस प्रोभाइडर भायनेटले उक्त योजना सार्वजनिक गरेको हो ।
भायनेटले स्पिड बृद्धि गर्ने क्रममा २० एमबीपीएस लाई बढाएर ३० एमबीपीएस बनाएको छ भने ३० एमबीपीएस लाई बढाएर ४० एमबीपीएस बनाएको छ । वार्षिक ग्राहकहरुले ३० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १२ सय रुपैयाँ, ४० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १४ सय रुपैयाँ र ६० एमबीपीएस इन्टरनेटको लागि प्रति महिना १७ सय २० रुपैयाँ तिर्नुपर्ने भायनेटले जानकारी दिएको छ ।
साथै ग्राहकहरुले ५५ एच्डी र १३५ ओटा एस्डी च्यानलहरु रहेको नेट टिभी समेत निःशुल्क प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । योजना अन्तर्गत भायनेटले ग्राहकहरुलाई ३ महिना र ६ महिनाको लागि समेत विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराउने भएको छ । सन् २०११ देखि भायनेट कम्युनिकेसन्सले फाइबर अप्टिक्स इन्टरनेट सर्भिस शुरु गरेको हो ।
आफ्नो सेवालाई काठमाडौं बाहिर विस्तार गर्दै भायनेटले हाल बनेपा, बुटवल, बिराटनगर, विरगंज, चितवन, हेटौंडा र पोखरामा समेत आफ्नो सेवा सुचारु गरेको छ ।




