कामना सेवा विकास बैंकको शाखा कलंकीमा |
काठमाडौं । कामना सेवा विकास बैंकले काठमाडौंको कलंकीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको बैंकका अध्यक्ष सुदीप आचार्य, सञ्चालकद्वय देवकृष्ण काफ्ले र विश्वेश्वर सुवेदी तथा कामु प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेतले संयुक्त रूपमा कारोबारको शुभारम्भ गरेका हुन् ।
सो अवसरमा कामु प्रमुख कार्यकारी अधिकृत बस्नेतले बैंकले विभिन्न शहर तथा ग्रामीण भेगलगायत उपत्यकाका अन्य व्यापारिक केन्द्रहरूमा समेत शाखा सञ्जाल विस्तार गर्दै सरल तथा सहज बैंकिङ सेवा उपलब्ध गराउने बताए ।
उक्त शाखाको उद्घाटनसँगै बैंकका कुल शाखा संख्या ६२ पुगेको छ भने १७ वटा एटीएम सञ्चालनमा रहेका छन् । बैंकले एबीबीएस एसएमएस बैंकिङ, मोबाइल बैंकिङ सी–एएसबीएलगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरू उपलब्ध गराउँदै आएको तथा समयसापेक्ष आफ्ना सेवाहरू थप गर्दै जाने बैंकको योजना रहेको छ ।




