सीजी पे नेपालले राष्ट्र बैंकबाट पायो अनुमति | अब भुक्तानी तथा रकम स्थानान्तरण सीजी पे वालेटबाट गर्न सकिने
काठमाडौं । सीजी ग्रुपअन्तर्गतको सीजी पे नेपाल प्रा.लि.लले नेपाल राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको काम गर्ने अनुमति पाएको छ । उक्त अनुमति पाएसँगै सीजी पेबाट विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिनेछ ।
सीजी पेबाट मोबाइल तथा वेब एप्लिकेशनको माध्यमबाट आफ्नो बैंक खाता प्रयोग गरी विभिन्न भुक्तानी तथा रकम स्थानान्तरण गर्न सकिन्छ । सीजी पे वालेट प्रयोग गरी विभिन्न मनी ट्रान्सफर पनि गर्न सकिन्छ । साथै, टेलिकमहरूको रिचार्ज, टीभी, इण्टरनेट बिल, स्कुल तथा कलेजको बिल, पानी, बत्तीको बिल, सिनेमाको टिकट, बस टिकट, प्लेन टिकट (विदेशी तथा स्वदेशी), स्वदेशी मनी ट्रान्सफर गर्ने तथा गराउने, विभिन्न पसल तथा रेष्टुरेण्टको बिल पेमेण्ट तथा अन्य पेमेण्ट सीजी पेबाटै गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।
सीजी पे मोबाइल एप तथा वेब दुवै माध्यमबाट चल्ने तथा यसबाट ग्राहक (युजर) लाई सजिलो तथा समयको बचत हुनेछ । यो सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत सम्पन्न हुनेछ । सीजी पेसँग आवद्ध बैंकहरूका ग्राहकहरूले सजिलै यो सेवा लिन सक्ने कम्पनीले बताएको छ ।




