निजीक्षेत्रको सहभागिताले मात्र देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्छ : चन्द्रप्रसाद ढकाल |
काठमाडौं । आईएमई ग्रुपका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको सहभागिताले मात्र देशको चौतर्फी विकासमा मुख्य भूमिका खेल्ने बताएका छन् । उनले निजी क्षेत्र स्थानीय विकासका लागि तीनै तह (स्थानीय, प्रादेशिक र केन्द्रीय) का सरकारसँग सहकार्य गर्न तयार रहेको बताएका छन् ।
सिन्धुली उद्योग वाणिज्य संघको आयोजनामा सिन्धुलीमाढीमा पुस १३ गतेदेखि शुरू भएको प्रादेशिक महोत्सवको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ढकालले त्यस्तो धारणा राखेका हुन् ।
अर्थमन्त्री डा. युवराज खतिवडाले उद्घाटन गरेको उक्त महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश नम्बर ३ का मन्त्री अरुण नेपाल, सार्क चेम्बरका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ सदस्य चण्डीराज ढकाल, स्थानीय जनप्रतिनिधिहरू एवम् विभिन्न उद्योगी व्यवसायीहरूले पनि मन्तव्य राखेका थिए ।




