‘खल्ती’ र ‘फुडमान्डु’ बिच रणनीतिक साझेदारीको घोषणा | अब अनलाईनबाट अर्डर गरेको खानाको पैसा मोबाईलबाटै तिर्न सकिने
काठमाडौं । मोबाईल भुक्तानी सेवाप्रदायक ‘खल्ती’ र अन्लाईनबाट रेस्टुरेन्टहरुमा पाइने खाना अर्डर लिने र डेलिभरी गर्ने कम्पनी ‘फुडमान्डु’ ले रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले बिहिबार सो सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । यस साझेदारी पश्चात फुडमान्डुबाट अर्डर गरेको खानाको पैसा खल्तीमार्फत मोबाईलबाटै तिर्न सकिने भएको छ ।
साझेदारीको घोषणा गर्दै खल्तीका निर्देशक अमित अग्रवालले भने, ʽयस साझेदारी सँगै अनलाईनबाट खाना अर्डर गर्न रुचाउने ग्राहकहरुले अब खल्ती वालेट प्रयोग गरेर बिना झन्झट मोबाईलबाटै सजिलै पैसा भुक्तानी गर्न सक्नेछन् ।ʼ
प्रविधिको विकास र यसले ल्याएको सहजताको कारणले पछिल्लो समयमा नेपालमा अनलाईनबाट सामान किन्ने चलन विस्तारै विकसित हुँदै गएको छ । यहि प्रविधिको विकास सँगै नेपालको भुक्तानी प्रणाली पनि विस्तारै नगद रहित र डिजिटल तर्फ रुपान्तरण हुँदैछ । खल्तीमार्फत नेपालमा अनलाईन भुक्तानी प्रणाली अझै सहज बनाउने तर्फ काम गरिरहेको अग्रवालले बताए ।
फुडमान्डुसँगको यो साझेदारीले खल्ती प्रयोगकर्ताहरु लाई एउटा थप नयाँ सेवाको भुक्तानी गर्न सहजता प्रदान गर्ने अग्रवालले बताए । यो साझेदारीसँगै नेपाल डिजिटल र नगद रहित बनाउने यात्रामा एउटा अर्को पाइला अगाडी बढेको उनको भनाई छ ।
त्यस्तै, फुडमान्डुका संस्थापक तथा सीईओ मनोहर अधिकारीले भने, ʽहामीले खल्तीसँग साझेदारी गरी यसले प्रदान गर्ने डिजिटल भुक्तानी सुविधा हाम्रा सबै ग्राहकमाझ पुर्याउन पाउदा उत्साहित भएका छौ । अब, फुडमान्डुका ग्राहकहरूले भुक्तानी गर्नको लागि नगद पैसामा मात्रै भर पर्नु पर्दैन । खल्तीको डिजिटल भुक्त


