प्रदेश नम्बर ५ मा सवारी चलाउँदा मोबाइल प्रयोगमा प्रतिबन्ध | अटेर गरे ५ सयदेखि १५ सयसम्म जरिवाना

काठमाडौं । प्रदेश नम्बर ५ मा अबदेखि सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक लगाएको छ । चालकले मोबाइलमा कुरा गर्दा पनि अधिकांश ठूला दुर्घटना भइरहेको भन्दै प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक लगाएको हो ।
प्रमुख प्रहरी नायब महानिरीक्षक पीताम्बर अधिकारीले अबदेखि सवारी चलाउँदा मोबाइल प्रग गरेको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दोस्रो संशोधन २०७३ अनुसार कारबाही अगाडि बढाइने जानकारी दिए ।
उनले भने, ‘एकपछि अर्को ठूला दुर्घटना भइरहेकाले यसलाई न्यूनीकरण गर्न प्रदेश प्रहरी कार्यालय मातहतमा रहेका सबै जिल्लामा जुनसुकै सवारी साधन चलाउँदा पनि मोबाइलमा कुराकानी गर्न रोक लगाउने निर्णय गरेका हौं, यदि अटर गरे, ५ सयदेखि १५ सयसम्म जरिवाना गरिनेछ ।’