काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो प्रमुख राजनीतिक सल्लाहकारमा हरिबोल गजुरेललाई नियुक्त गरेका छन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहेका गजुरेल आज (माघ ९ गते) प्रधानमन्त्रीले प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गरेका हुन् । उनी २०७२ मा कृषिमन्त्री भएका थिए ।