मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द हिमालयन ग्रिल बाइ बाजेको’ मा १५ प्रतिशतसम्म छुट |
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले ‘द हिमालयन ग्रिल बाइ बाजेको’ रेस्टुरेन्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् ।
मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई सामाखुसीमा रहेको ‘द हिमालयन ग्रिल बाइ बाजेको’ रेस्टुरेन्टसँग फुड एण्ड बेभरेजमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जनाइएकाे छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आबद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


