आज ६ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन |

काठमाडौँ । ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १४ गते अन्तिम दिन हो । आरएसडीसी लघुवित्तले साधारण सभा तथा लाभांश वितरण गर्नको लागि पुस १५ गते बुक क्लोज गर्दैछ । बाँकी ५ कम्पनीले पुस १७ गते आइतबार बुक क्लोज गर्दैछन् । पुस १५ र १६ गते शुक्रबार र शनिबार पारेकाले फरवार्ड माइक्रोफाइनान्स, फर्स्ट माइक्रोफाइनान्स, कालिका पावर, युनाइटेड इन्सुरेन्स र सेन्ट्रल फाइनान्सको पनि लाभांश सुरक्षित गर्न आजै सेयरधनी बनिसक्नु पर्नेछ ।
आरएसडीसी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट ८% बोनस सेयर र कर सहित ३% नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले लाभांश पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा, एसियन होटल प्रा.लि. बुटवल, रुपन्देहीमा बिहान ९ बजेबाट सुरु हुनेछ ।
फरवार्ड माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट २५% बोनस सेयर र कर सहित ५% नगद लाभांश गरी जम्मा ३०% लाभांश वितरण गर्दैछ । संस्थाले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहल, दुहवी, सुनसरीमा दिउँसो १ बजेबाट सुरु हुनेछ ।
फर्स्ट माइक्रोफाइनान्सले गत आर्थिक वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनका लागि १% नगद लाभांश वितरण गर्दैछ । यस माइक्रोफाइनान्सले पुस ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
कालिका पावर कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १५% बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९% नगद लाभांश गरी कुल १५.७८९% लाभांश वितरण गर्दैछ । यसले लाभांश प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा कालिकाको रजिर्ष्टड कार्यालय भरतपुर १०, चितवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
युनाइटेड इन्सुरेन्सले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३% नगद लाभांश गरी कुल ५.२६% लाभांश वितरण गर्दैछ । इन्सुरेन्सले लाभांश प्रस्ताव पारित गर्न पुस २७ गते साधारण सभा बोलाएको छ । सभा अनमोल ब्यांक्वेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सेन्ट्रल फाइनान्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ५% नगद लाभांश वितरण गर्दैछ । फाइनान्सले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सेन्ट्रलको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा बिहान १० बजे सुरु हुनेछ ।