प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिए शपथ |

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पद तथा गोपनीयताको शपथ लिएका छन्।
राष्ट्रपति निवास शितल निवासमा सोमबार दिउँसो प्रचण्डले दौरा सुरूवाल लगाएर शपथ लिएका हुन्।
उनले पहिलो पटक दौरा सुरूवाल लगाका हुन्। सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रचण्डलाई शपथ लिँदा दौरा सुरूवाल लगाउन आग्रह गरेका थिए, त्यसबेला प्रचण्ड केही बोलेका थिएनन्।
यसभन्दा अघि २ पटक प्रधानमन्त्रीको शपथ लिँदा प्रचण्डले भादगाउँले टोपीसहित कोट-पेन्टमा थिए।